२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

४९ सांसदको हस्ताक्षर सहित आज लुम्बिनी प्रदेश मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरिँदै

लिला गिरी मुख्यमन्त्री बन्दै, माओवादीमा असन्तुष्टी



बुटवल । नयाँ सत्ता समिकरण अन्तर्गत बनेको सत्ता गठबन्धनमा आवद्ध दलहरुले आज लुम्बिनी प्रदेशमा प्रदेश सरकार गठनका लागि बहुमत सहितको दाबी पेश गर्ने भएका छन् ।

दलहरुले केन्द्रीय निर्णय अनुसार एमाले प्रदेश संसदीयदलका नेता लिला गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्ने भएका हुन् ।

प्रदेश प्रमुख शेरचनले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाको एकदिन अगाडि नै दलहरुले दावी पेश गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए ।

सत्ता गठबन्धनमा आवद्ध दलको सोमबार बसेको बैठकले आज (मंगलबार) नै बहुमत सांसदको हस्ताक्षरसहितको दावी पेश गर्ने निर्णय गरेका थिए । नागरिक उन्मुक्ति पार्टी बाहेकका सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठकले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गर्ने निर्णय गरेका थिए ।

सम्भवत प्रदेश प्रमुख शेरचनले आजै लुम्बिनीमा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लीला गिरीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने छन् । यद्देपी माओवादी केन्द्रका संसदीयदलका नेता जोखबहादुर महराले केन्द्रीय निर्णय प्रति असहमति जनाउँदै आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्न पाउनु पर्ने माग गरेको माओवादी स्रोतले दाबी गरेको छ । यस अघि सत्ता गठबन्धनका शिर्ष नेताहरुले लुम्बिनीमा ५ वर्षकै लागि एमालेले सरकार चलाउने सहमति गरेका थिए ।

सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका नेता लीला गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले मंगलबार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका थिए ।

सोमबारको बैठकमा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा र जनमतका नेताहरूको उपस्थिति रहेको बैठकमा सहभागी एमाले सांसद भूमिश्वर ढकालले जानकारी दिए । उनले मंगलबार कम्तीमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गरिने बताए ।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३-३ सिट छन् । नागरिक उन्मुक्तिसंग ४ सिट र स्वतन्त्र २ जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ सदस्य छन् । ती दलहरुले सरकार गठन बारे कुनै निर्णय सार्वजनिक गरेका छैनन् ।

 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ८ : ०७ बजे

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा