४ चैत्र २०८२, बुधबार | March 18, 2026

तिलोत्तमा नगरपालिकामा रहेका विद्यालयहरु माघ ३ गतेसम्म बन्द



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका विद्यालयहरु २ दिन बन्द हुने भएको छ । अत्याधिक चिसो बढेसंगै तिलोत्तमा नगरपालिकामा रहेका सबै शैक्षिक संस्थाहरुको पठनपाठन २ दिनका लागि बन्द हुने भएको हो ।

नगरपालिकाले मैगलबार एक सूचना जारी गर्दै चिसो र सितलहरलाई मध्यनजर गर्दै पुस २८ र २९ गते नगरभित्रका सबै शैक्षिक संस्थाहरुको पठनपाठन बन्द गर्ने र माघ ३ गतेदेखी नियमित रुपमा शैक्षिक गतिविधिहरु सुचारु गर्ने जानकारी दिएको छ ।

अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

चिसो तथा सितलहर बढ्दा विद्यालयमा पठनपाठक प्रभावित भएको भन्दै पुस २८ र २९ गते शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाराम आचार्यले जानाकारी दिए ।

२ दिन स्थानिय विदा भएको र ३० गते शनिबार तथा माघी पर्वको माघ १ र २ गते सार्वजनिक विदा भएकाले अब शिक्षण संस्था ३ गते मात्र खुल्ने उनले बताए ।

पछिल्लो ४ दिन यता जिल्लामा अत्याधिक चिसो बढ्दा जनजीवन कष्टकर बनेको छ । चिसो बढ्दा भैरहवाबाट हुने आन्तरिक उडानमा समेत असर परेको छ ।

चिसो बढेपनि रोहणी र तिलोत्तमा नगरपालिका बाहेक जिल्लाका अध्य १४ स्थानिय तहले भने विद्यालय बन्द गरेका छैनन् ।

 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : ०८ बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी