तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका विद्यालयहरु २ दिन बन्द हुने भएको छ । अत्याधिक चिसो बढेसंगै तिलोत्तमा नगरपालिकामा रहेका सबै शैक्षिक संस्थाहरुको पठनपाठन २ दिनका लागि बन्द हुने भएको हो ।
नगरपालिकाले मैगलबार एक सूचना जारी गर्दै चिसो र सितलहरलाई मध्यनजर गर्दै पुस २८ र २९ गते नगरभित्रका सबै शैक्षिक संस्थाहरुको पठनपाठन बन्द गर्ने र माघ ३ गतेदेखी नियमित रुपमा शैक्षिक गतिविधिहरु सुचारु गर्ने जानकारी दिएको छ ।
अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
चिसो तथा सितलहर बढ्दा विद्यालयमा पठनपाठक प्रभावित भएको भन्दै पुस २८ र २९ गते शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाराम आचार्यले जानाकारी दिए ।
२ दिन स्थानिय विदा भएको र ३० गते शनिबार तथा माघी पर्वको माघ १ र २ गते सार्वजनिक विदा भएकाले अब शिक्षण संस्था ३ गते मात्र खुल्ने उनले बताए ।
पछिल्लो ४ दिन यता जिल्लामा अत्याधिक चिसो बढ्दा जनजीवन कष्टकर बनेको छ । चिसो बढ्दा भैरहवाबाट हुने आन्तरिक उडानमा समेत असर परेको छ ।
चिसो बढेपनि रोहणी र तिलोत्तमा नगरपालिका बाहेक जिल्लाका अध्य १४ स्थानिय तहले भने विद्यालय बन्द गरेका छैनन् ।



















प्रतिक्रिया