१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

शिवम् सिमेन्टको ‘शिवम सँग उपहार टन्न’ उपहार योजनाको पहिलो चरणको लक्की–ड्र सम्पन्न



काठमाडौ । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम सँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरेएको छ ।

शिवम् सिमेन्टले यहि मंसिर १८ गते देखि “शिवम सँग उपहार टन्न” नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरि रु. २००– देखि रु. ५००– सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाईएको थियो । यस योजनामा छोटो समयमै ग्राहकको उल्लेख्य संख्यामा सहभागिता रहेकोे थियो ।

आज सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्का बापत बाग्मती–पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्ष्ट्रक्शनका दुई भाग्यशाली जोडिले थाइल्यान्ड भ्रमण अवसर प्राप्त गरेका छन भने, दोस्रो पुरस्कार अन्तर्गत सुदिप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानन्तर निर्माण सेवाका ४ जोडी विजेताले हेलिटुर पुरस्कार वापत जितेका छन । तेस्रो पुरस्कार अन्र्तगत ६ जना वालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेशना कोण्डा, रामधनु राई, जानुका कार्की तथा राजन गुप्ताले आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् । चौथो वापत पुरस्कार ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन ।

छोटो समयमा उत्साह जनक रुपमा सहभागिता जनाई यस योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्ट्स परिवार सम्पूर्ण उपभोक्ता, ग्राहक वर्ग र वितरकहरुलाई हार्दिक धन्यवाद दिदैं अझै यस योजना अन्र्तगत Sure Shot पुरस्कारमा करोडौंको नगद उपहार, सयौं केजी चाँदी तथा सयौं तोला सुनका साथै मासिक तथा मेघा लक्की ड्र मार्फत अझै धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

यो उपहार योजना मिति २०७९ मंसिर १८ देखि नेपाल भरी लागू गरिएको छ । स्क््रयाच कुपन मार्फत हात खाली नजाने पक्का उपहार अन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरि शिवम् सिमेन्टको विक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीद्वारा जारी विज्ञप्तीमा जनाईएको छ । एक पटक पक्का पर्ने र तीन पटकसम्म जित्न मौका मिल्ने यो योजनाले ग्राहकहरुलाई थप हौसला र खुसी प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ६ : ५६ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक