४ माघ २०८२, आइतबार | January 19, 2026

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बदली



काठमाडौं । पहाडी भू-भागमा आज बिहान आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । तराईका भू-भागमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथ मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । विभागले सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लाग्दा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात सेवा प्रभावित हुन सक्ने विभागले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : २० बजे

नेकपाले उठायो बाँकेका तीनै क्षेत्रमा नयाँ अनुहार

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकेका तीन वटै

महिला तथा बालिकाविरुद्ध हुने हिँसा सम्बन्धि प्रेषण प्रणाली कार्यबिधि सार्वजनिक

खजुरा । बाँकेको खजुरा गाँउपालिकाका लागि तयार पारिएको महिला तथा

समानुपातिकमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवार(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान । धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात बुझाउन आवश्यक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा