१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

बुधबार पनि घट्यो सुनकाे भाउ, चाँदीको मूल्य भने स्थिर



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार पनि घटेको छ । मंगलबार चार सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १२ : ०९ बजे

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध

बाँकेको खजुरामा शंकास्पद वस्तु फेला, सेना घटनास्थलमा

खजुरा । बाँकेको खजुरामा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार

टी-२० विश्वकपमा भारतको लगातार दोस्रो जित, नामिबिया ९३ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित