७ आश्विन २०८३, बुधबार | September 23, 2026

संसदमै उपस्थित फौजदारी अभियोगका फरार अभियुक्तलाई गृहमन्त्री भन्छन् मैले देखिन



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा संग्लग्न रहेको आरोप लागेकी एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको सन्दर्भमा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका हुन् ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिँदा प्रतिनिधिसभा बैठकमा उपस्थित भएर मतदान गरेकी महतोलाई पक्राउ नगरिएको बारे पत्रकारले गृहमन्त्री लामिछानेसँग प्रश्न गरेका थिए ।

फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि पक्राउ नगरिएको विषयमा उत्तर दिँदै गृहमन्त्री लामिछानेले आफुले नदेखेको र सञ्चारमाध्यममा खबर आएपछि लगत्तै प्रहरीलाई निर्देशन दिएको बताए । ”मैले देखिनँ । पछि सञ्चारमाध्यमबाट थाहा पाएपछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’ उनले भने ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ५ : २६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज