५ पुस २०८२, शनिबार | December 20, 2025

संसदमै उपस्थित फौजदारी अभियोगका फरार अभियुक्तलाई गृहमन्त्री भन्छन् मैले देखिन



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा संग्लग्न रहेको आरोप लागेकी एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको सन्दर्भमा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका हुन् ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिँदा प्रतिनिधिसभा बैठकमा उपस्थित भएर मतदान गरेकी महतोलाई पक्राउ नगरिएको बारे पत्रकारले गृहमन्त्री लामिछानेसँग प्रश्न गरेका थिए ।

फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि पक्राउ नगरिएको विषयमा उत्तर दिँदै गृहमन्त्री लामिछानेले आफुले नदेखेको र सञ्चारमाध्यममा खबर आएपछि लगत्तै प्रहरीलाई निर्देशन दिएको बताए । ”मैले देखिनँ । पछि सञ्चारमाध्यमबाट थाहा पाएपछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’ उनले भने ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ५ : २६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता