६ पुस २०८२, आइतबार | December 21, 2025

इसेवाबाट दैनिक रू एक भन्दा कममा पूर्ण हेल्थ केयर खरिद गर्न सकिने



काठमाडौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट दैनिक रू एक  भन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ ।

इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितब्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो ।

यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाईल एप्स्मा गइ इसेवा केयर सेवा अन्तर्गत दैनिक रू १ भन्दापनि कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिनेछ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई मात्र दैनिक रु.१ मा दुई लाख ३० हजार सम्मको बीमा दाबी गर्न सकिनेछ । यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परिक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ ।

यस प्याकेजमा २४–घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएको प्रत्येक दिनको लागि खरिदकर्तालाई भुक्तानी गरिएको एक निश्चित दैनिक भत्ताको समेत व्यवस्था गरिएको छ । इसेवा केयर खरिद गरेका ग्राहकहरूलाई दुईलाख ३० हजार सम्मको स्वास्थ्य व्यवस्था तथा दुर्घटना उपचार, रू एक सय इसेवा रिवार्ड पोइन्ट, गणेशमान सिंह अस्पताल दन्त इकाईमा एक पटक निःशुल्क परामर्श र एउटा स्केलिंग सेवामा रु. ५०० छुट, आवरन छाला र कपाल क्लिनिकमा दश प्रतिशत छुट द ब्यूटी बार नेपालमा बीस प्रतिशत छुट जस्ता सुविधा रहेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : ०६ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको