२१ भदौ २०८३, आइतबार | September 7, 2026

टी-२० विश्वकपमा भारतको लगातार दोस्रो जित, नामिबिया ९३ रनले पराजित



काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीस्थित अरुण जेटली स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा भारतले नामिबियामाथि ९३ रनको फराकिलो विजय हासिल गरेको हो ।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रन बनायो । २१० रनको विशाल लक्ष्य पछ्याएको नामिबिया १८.२ ओभरमा ११६ रनमै अलआउट भयो ।

भारतका लागि ओपनर ईशान किशनले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ६१ रन बनाए । हार्दिक पाण्ड्याले ५२ रनको महत्त्वपूर्ण योगदान दिए भने तिलक वर्माले २५ रन जोडे । शिवम दुबे २३ रनमा रनआउट भए । कप्तान सूर्यकुमार यादव १२ रनमै आउट हुँदा सन्जु सैमसनले २२ रन बनाए । अक्षर पटेल खाता नखोली पभेलियन फर्किए ।

नामिबियाका कप्तान जेरार्ड इरास्मसले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले १९औं ओभरमा लगातार तीन विकेट लिँदै भारतको रन गति केही समयका लागि रोकेका थिए ।

जवाफमा नामिबियाका लागि लोरेन स्टीनक्याम्पले सर्वाधिक २९ रन बनाए भने जान फ्राइलिंकले २२ रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।

भारतका लागि वरुण चक्रवर्तीले ३ विकेट लिए । हार्दिक पाण्ड्याले ब्याट र बल दुवैमा प्रभाव देखाउँदै २ विकेट लिए भने अक्षर पटेलले पनि २ विकेट हात पारे ।

यस जितसँगै समूह ‘ए’मा भारतले २ खेलबाट ४ अंक बनाएको छ । पहिलो खेलमा भारतले अमेरिकालाई २९ रनले हराएको थियो । समान अंक भएको पाकिस्तान दोस्रो स्थानमा रहे पनि भारत रनरेटका आधारमा शीर्ष स्थानमा छ ।

दुई खेल खेलिसकेको नामिबिया भने अंकविहीन छ । पहिलो खेलमा नामिबिया नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ७ : ५५ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त