७ आश्विन २०८३, बुधबार | September 23, 2026

इसेवाबाट दैनिक रू एक भन्दा कममा पूर्ण हेल्थ केयर खरिद गर्न सकिने



काठमाडौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट दैनिक रू एक  भन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ ।

इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितब्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो ।

यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाईल एप्स्मा गइ इसेवा केयर सेवा अन्तर्गत दैनिक रू १ भन्दापनि कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिनेछ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई मात्र दैनिक रु.१ मा दुई लाख ३० हजार सम्मको बीमा दाबी गर्न सकिनेछ । यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परिक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ ।

यस प्याकेजमा २४–घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएको प्रत्येक दिनको लागि खरिदकर्तालाई भुक्तानी गरिएको एक निश्चित दैनिक भत्ताको समेत व्यवस्था गरिएको छ । इसेवा केयर खरिद गरेका ग्राहकहरूलाई दुईलाख ३० हजार सम्मको स्वास्थ्य व्यवस्था तथा दुर्घटना उपचार, रू एक सय इसेवा रिवार्ड पोइन्ट, गणेशमान सिंह अस्पताल दन्त इकाईमा एक पटक निःशुल्क परामर्श र एउटा स्केलिंग सेवामा रु. ५०० छुट, आवरन छाला र कपाल क्लिनिकमा दश प्रतिशत छुट द ब्यूटी बार नेपालमा बीस प्रतिशत छुट जस्ता सुविधा रहेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : ०६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज