२३ माघ २०८२, शुक्रबार | February 6, 2026

जन्मदिने आमालाई अचानोमा राखि हत्या गर्न खोज्ने छोरा पक्राउ



तानसेन । आफ्नै आमाको हत्या गर्न खोज्ने छोरालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । जन्मदिने आमालाई अचानोमा राखी तरबारले प्रहार गर्न लागेका छोरालाई पाल्पा प्रहरीले पक्राउ गरेको हो ।

पाल्पा जिल्लाको रिब्दिकोट गाँउपालिका ३ का २४ वर्षिय स्थानीय हिराबहादुर दर्लामीले जन्मदिने आमा चित्रकुमारी दर्लामीलाई अश्लील गाली गर्दै अचानोमा राखी तरबारले प्रहार गर्न तयार भएको बेला प्रहरी पुगेर आमाको उद्दार गर्नुका साथै हिराबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत मंगलबार घरमा झगडा गर्ने क्रममा हातहालाहालको अवस्थामा छिमेकीले खबर गरेपछि प्रहरी पुग्दा आमालाई अचानोमा राखी हत्या गर्ने गर्ने उद्देश्यले तरबार प्रहार गर्न थालेका बेला प्रहरीले फेला पारेर पक्राउ गरेको हो ।

घटनास्थलबाट अचानो र तरबार बरामद भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता नायव प्रहरी उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए । पक्राउ परेका दर्लामीलाई ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान शुरु गरिएको उनले बताए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १ : ५१ बजे

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)

कांग्रेसको अगुवाइमा नागरिक अधिकार प्राप्त भएको हो : सङ्ग्रौला

पाटन । राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको अगुवाइमा नेपालीको

समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ

राजविराज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक