२९ मंसिर २०८२, सोमबार | December 15, 2025

१७ डीआईजीको काज सरुवा, लुम्बिनीमा टेक प्रसाद राई



काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयबाट बिहीबार गरिएको काज सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरलाई मधेश प्रधेश प्रहरी प्रमुखकारुपमा जिम्मेवारी दिइएको छ भने मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारी पाएका छन् । कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीमा रहेका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएका छन् भने डीआईजी भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा पठाईँदा डीआईजी अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रमुखका रुपमा दाङको खटाइएको छ भने गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाएका छन् ।

प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए । विमानस्थलमा किरण राणा खटाइएकी छन् । विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन् । लुम्बिनी प्रहरी प्रमुख नलप्रसाद उपाध्यायलाई प्रहरी प्रतिस्थानमा खटाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ३ : ५७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले