काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेट भएको छ ।
सत्ता साझेदार दलहरुको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका हुन्।
सो भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले आजै सत्ता साझेदार दलको बैठक बोलाइसकेका छन् ।
पुस २६ गते विश्वासको मत हासिल गरेको प्रचण्डले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने तगारी गरेका हुन् । यसअघि उनले बुधबार साँझ बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए ।



















प्रतिक्रिया