३ भदौ २०८३, बुधबार | August 20, 2026

भूकम्पबाट विस्थापितलाई खानेपानी अभाव



सिन्धुपाल्चोक । भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ । पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन २०७२ सालमा गएको भूकम्पका कारण चिरा चिरा परेपछि यहाँ बस्न आएपनि उनीहरु खोनेपानीबाट वञ्चित छन् ।

भूकम्पका कारण गाउँ छाड्न बाध्य इन्द्रावती गाउँपालिका-१ को तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई सोही गाउँपालिकाको वडा नं ४ नवलपुरमा सामूहिक जग्गा खरिद गरेर स्थानान्तरण गरिएको थियो । स्थानान्तरणपछि बस्तीका प्रत्येक घरमा धारा बनेका छन् तर खानेपानी सङ्कलनका लागि बनाइएको ट्याङ्की रित्तो छ । बस्तीका लागि स्थायी खानेपानीको मूलसमेत नहुँदा एक गाग्री पानी थाप्न स्थानीयवासी दैनिक तीन किलोमिटर टाढा पुग्नुपर्ने बाध्यता रहेको विस्थापित हीरामाया तामाङको भनाइ छ ।

भूकम्पछि स्थानान्तरण भएको स्थान भिरालो जमिनमा भएका कारण अहिले निर्माण भएका घरसमेत चर्किएका छन् । विस्थापितलाई खानेपानी समस्यासँगै जीविकोपार्जनको चिन्ताले पनि सताएको छ । प्रतिपरिवार छ आना जमिन भएका उनीहरूलाई तरकारी खेती, पशुपालनलगायतमा समस्या भएको छ । “अन्न उत्पादनका लागि जमिन नहुँदा दैनिक गुजारा चलाउन मुस्किल भएको छ”, स्थानीय सुकमाया बोम्जन दुःखेसो गर्छन ।

तर गाउँपालिका केन्द्र नजिकैको विस्थापित बस्तीमा खानेपानी समस्या दुई महिनाभित्र समाधान गरिने गाउँपालिका अध्यक्ष झम्क नेपाल दाबी गर्छन । “हामी विस्थापितको समस्याप्रति गम्भिर छौँ, चाँडै पानीको व्यवस्था गर्छौँ”, उनले भने ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ०६ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने