५ माघ २०८२, सोमबार | January 19, 2026

नारायणगढ-मुग्लिन सडकखण्डमा शनिबार र आइतबार सवारी नरोकिने



चितवन । भोलि शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ ।

पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ ।

सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीन वटाको भित्तो काट्ने काम सकिएको छ ।

उनका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ ।

यी पुलसँगै काम थालिएका नौ पुल बनिसकेका छन् । यसअघिनै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँच वटा पुल निर्माणाधीन रहेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ११ : ४५ बजे

आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार पर्व मनाइँदै, घोडा वर्ष सुरु

काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

निर्वाचन आउन ४५ दिन बाँकी : निर्वाचन आचारसंहिता लागू

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

नेकपाले उठायो बाँकेका तीनै क्षेत्रमा नयाँ अनुहार

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकेका तीन वटै

महिला तथा बालिकाविरुद्ध हुने हिँसा सम्बन्धि प्रेषण प्रणाली कार्यबिधि सार्वजनिक

खजुरा । बाँकेको खजुरा गाँउपालिकाका लागि तयार पारिएको महिला तथा

समानुपातिकमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवार(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ