२१ असार २०८३, आइतबार | July 5, 2026

पाँच महिनामा ९२ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ९२ अर्ब ७८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा रु ३५ अर्ब बराबरको विकास ऋणपत्र, रु २८ अर्ब ४४ करोड बराबरको ऋणपत्र, रु १ अर्ब ५० करोड बराबरको साधारण शेयर, रु नौ अर्ब ७४ करोड बराबरको बोनस शेयर, रु चार अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु तीन अर्ब ५९ करोड बराबरको हकप्रद शेयर गरी कूल रु ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु सात अर्ब २० करोड बराबरको डिबेन्चर, रु पाँच अर्ब ९५ करोड बराबरको म्युचुअल फण्ड, रु दुई अर्ब ४५ करोड बराबरको साधारण शेयर र रु ९५ करोड बराबरको हकप्रद शेयर गरी कूल रु १६ अर्ब ५५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको सार्वजनिक विवरणमा उल्लेख छ । नेप्सेमा चालु आवको मङ्सिर मसान्तमा सूचीकृत छ अर्ब ९३ करोड शेयरको चुक्ता मूल्य रु छ खर्ब ८३ अर्ब ७६ करोड रहेको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : ३३ बजे

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा