६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

पाँच महिनामा ९२ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ९२ अर्ब ७८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा रु ३५ अर्ब बराबरको विकास ऋणपत्र, रु २८ अर्ब ४४ करोड बराबरको ऋणपत्र, रु १ अर्ब ५० करोड बराबरको साधारण शेयर, रु नौ अर्ब ७४ करोड बराबरको बोनस शेयर, रु चार अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु तीन अर्ब ५९ करोड बराबरको हकप्रद शेयर गरी कूल रु ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु सात अर्ब २० करोड बराबरको डिबेन्चर, रु पाँच अर्ब ९५ करोड बराबरको म्युचुअल फण्ड, रु दुई अर्ब ४५ करोड बराबरको साधारण शेयर र रु ९५ करोड बराबरको हकप्रद शेयर गरी कूल रु १६ अर्ब ५५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको सार्वजनिक विवरणमा उल्लेख छ । नेप्सेमा चालु आवको मङ्सिर मसान्तमा सूचीकृत छ अर्ब ९३ करोड शेयरको चुक्ता मूल्य रु छ खर्ब ८३ अर्ब ७६ करोड रहेको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : ३३ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया