८ पुस २०८२, मंगलबार | December 24, 2025

रेडक्रस मणिमुकुन्द उप-शाखाको साधारणसभा सम्पन्न



बुटवल । नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उप शाखा बुटवलको १७ औ बार्षिक साधारण सभा गरिएको छ । संस्थाका अध्यक्ष सुहा बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा सभापती प्रेम लाल उदासले मानविय सेवा भावमा नेपाल रेडक्रस सोसाईटीको भूमिका महत्पूर्ण भएको बताए ।

उनले विपतको बेलामा रेडक्रसले गरेको सेवा भाव विश्वमा नै परिचित रहेको भन्दै मणिमुकुन्द उप शाखाले गरेको काम पनि उत्कृष्ठ रहेको बताए । उनले संस्था सुरुवाती दिनमा विभिन्न प्रक्रियागत रुपमा कमी कमजोरी हुने भएपनि संस्थालाई अझ बलियो, सुदृढ र शशक्त बनाउनको लागि संस्थाको टिम, सदस्यहरुको गहन भूमीका हुने बताएका हुन ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष नरेन्द्र बहादुर बस्नेतले रेडक्रसको आफ्नै भवन निर्माणको लागि आफुले सक्दो पहल गर्ने बताए । उनले जग्गा व्यवस्थापन नै पहिलो चुनौतिको रुपमा रहेको भन्दै उप शाखा मणिमुकुन्दको भवन निर्माणका लागि आफ्नो वडा र वडा नम्बर २ का विचमा समेत संमन्वय गरेर अगाडी बढ्ने बताएका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण गौतम, संस्थापक सचिव सहनहिल प्रसाद लिगल, संस्थापक कोषाध्यक्ष गोविन्दराज शाक्य, नि.सचिव तिर्थराज काफ्ले, संरक्षक पदमराज ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष रमा अधिकारीको स्वागत सचिव विजयरत्न शाक्यको सञ्चालनमा भएको थियो ।

साधारण सभाको अवसरमा आजिवन सदस्य, अक्षयकोषदाताहरुलाई सम्मान गरेको थियो । यस्तै केही समय पहिला सम्पन्न भएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने महानुभावलाई समेत सम्मान गरिएको सदस्य माधव लोहोनीले जानकारी दिए ।

साथै सोही कार्यक्रममा सल्लाहकार सदस्य बुटवल उपमहानगरापलिका वडा नम्बर १ का अध्यक्ष नरेन्द्र बस्नेत सहित सञ्चार क्षेत्रबाट बुटवल टुडे दैनिकका उप सम्पादक कृष्ण खनाल र दैनिक पत्रका मार्केटिङ्गविभाग प्रमुख कृष्ण रणपाललाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : ४४ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना