४ चैत्र २०८२, बुधबार | March 18, 2026

रेडक्रस मणिमुकुन्द उप-शाखाको साधारणसभा सम्पन्न



बुटवल । नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उप शाखा बुटवलको १७ औ बार्षिक साधारण सभा गरिएको छ । संस्थाका अध्यक्ष सुहा बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा सभापती प्रेम लाल उदासले मानविय सेवा भावमा नेपाल रेडक्रस सोसाईटीको भूमिका महत्पूर्ण भएको बताए ।

उनले विपतको बेलामा रेडक्रसले गरेको सेवा भाव विश्वमा नै परिचित रहेको भन्दै मणिमुकुन्द उप शाखाले गरेको काम पनि उत्कृष्ठ रहेको बताए । उनले संस्था सुरुवाती दिनमा विभिन्न प्रक्रियागत रुपमा कमी कमजोरी हुने भएपनि संस्थालाई अझ बलियो, सुदृढ र शशक्त बनाउनको लागि संस्थाको टिम, सदस्यहरुको गहन भूमीका हुने बताएका हुन ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष नरेन्द्र बहादुर बस्नेतले रेडक्रसको आफ्नै भवन निर्माणको लागि आफुले सक्दो पहल गर्ने बताए । उनले जग्गा व्यवस्थापन नै पहिलो चुनौतिको रुपमा रहेको भन्दै उप शाखा मणिमुकुन्दको भवन निर्माणका लागि आफ्नो वडा र वडा नम्बर २ का विचमा समेत संमन्वय गरेर अगाडी बढ्ने बताएका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण गौतम, संस्थापक सचिव सहनहिल प्रसाद लिगल, संस्थापक कोषाध्यक्ष गोविन्दराज शाक्य, नि.सचिव तिर्थराज काफ्ले, संरक्षक पदमराज ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष रमा अधिकारीको स्वागत सचिव विजयरत्न शाक्यको सञ्चालनमा भएको थियो ।

साधारण सभाको अवसरमा आजिवन सदस्य, अक्षयकोषदाताहरुलाई सम्मान गरेको थियो । यस्तै केही समय पहिला सम्पन्न भएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने महानुभावलाई समेत सम्मान गरिएको सदस्य माधव लोहोनीले जानकारी दिए ।

साथै सोही कार्यक्रममा सल्लाहकार सदस्य बुटवल उपमहानगरापलिका वडा नम्बर १ का अध्यक्ष नरेन्द्र बस्नेत सहित सञ्चार क्षेत्रबाट बुटवल टुडे दैनिकका उप सम्पादक कृष्ण खनाल र दैनिक पत्रका मार्केटिङ्गविभाग प्रमुख कृष्ण रणपाललाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : ४४ बजे

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको