७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

प्रधानमन्त्री प्रचण्डलाई भेट्यो जापानी सांसद तथा राज्यमन्त्री मासाकीको टोलीले, जापानद्धारा सहयोगको प्रतिवद्धता



काठमाडौ । जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’ का सांसद तथा पूर्व राज्यमन्त्री ताईरा मासाकी सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्चपदस्थ नेताहरुसँग भेट गरेको छ।

नेपाल जापान सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको तीन सदस्यीय टोलीले शुक्रबार प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटगरी छलफल गरेको हो।

उक्त भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले जापान नेपालको सबैभन्दा पुरानो मित्ररहेको बताउँदै नेपालको आर्थिक सामाजिक विकासमा जापानले निरन्तर रुपमा सहयोग गर्दै आएकामा धन्यवाद दिएका थिए। जापान सरकारसँगै जाइका लगायतका संस्थाबाट नेपालले धेरै सहयोग पाएको उनको भनाई थियो।

प्रचण्डले नेपाल अहिले विकासको चरणमा प्रवेश गरेको छ भन्दैआगामी दिनमा पनि जापानको सहयोग धेरै महत्वपूर्ण हुने बताए।

नेपालमा लगानीका लागि अनुकुल वातावरण बनाइने जानकारी दिंदै प्रधानमन्त्री प्रचण्डले जापानी व्यवसायीलाई नेपालमा लगानीगर्न आउनेगरी वातावरण तयार गरिदिन आग्रह गरे।

गतवर्ष आफुले जापानको भ्रमणगर्दा कृषि, विज्ञान र प्रविधिको क्षेत्रमा जापानले गरेको विकासबाट निकै प्रभावितबनेको भन्दै उनले नेपालमा पनि यस्तै सीप र प्रविधिको विकासगर्न चाहेको बताए।

जापानमा आधुनिक वैज्ञानिक रुपमा गरिएको कृषि खेति बाट आफु निकै प्रभावित बनेको प्रचण्डको भनाई थियो। यस्तै उनले जापानले नेपाली नागरिक लाई विभिन्न क्षेत्रमा कामगर्ने मौका दिइरहेको र आगामी दिनमा यो संख्या बढाउने गरी सहयोग गर्न आग्रह गरेका थिए।

सांसद मासाकीले जापानको सरकारमा आइटी, मेनपावर, डिजिटल स्पेश लगायतका क्षेत्र हेर्ने जिम्मेवारी पाएका छन्। नेपालको जनशक्ति लाई जापानमा सहज ढंगले प्रवेश गर्ने तथा स्थापित गराउने बारे समेत दुई नेताबीच छलफल भएको छ।

सांसद मासाकीको माओवादी पार्टी र यसको झुकाव चीनतर्फ रहेको बारेमा राखेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी पूणर्रुपमा प्रजातन्त्रमा विश्वासराख्ने पार्टीभएको जानकारी दिए।

‘म आफै ४ पटक निर्वाचन लडेर आएको व्यक्ति हुँ, ’प्रधानमन्त्री प्रचण्डले भने‘ हाम्रो पार्टी न प्रोचाइना हो नत प्रोइण्डिया नै। हामी प्रो नेपाली मात्र हौं’।

प्रचण्डले आफुले ९९ प्रतिशत भन्दा बढी संसदबाट विश्वासकोमत पाएर प्रधानमन्त्री बनेको जानकारी दिंदै आफुलाई जापानबाट पनि पुरापुर सहयोगको अपेक्षा राखेका थिए।

त्यस अवसरमा सांसद मासाकीले नेपालमा जलस्रोत, पर्यटन लगायतका क्षेत्रमा लगानी आउनसक्ने आफुले देखेको जानकारी गराएका थिए।उनले आगामी दिनमा ग्रीन इनर्जी माजानुको विकल्प नभएको भन्दै यसकालागि नेपाललाई जापानले सहयोगगर्ने प्रतिबद्धता जनाए।

यस्तै संसदको सबैभन्दा ठुलो पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटमा पार्टी अध्यक्ष देउवाले जापानले नेपालको विकासमा लामो समयदेखि निरन्तर सहयोग गर्दैआएकामा धन्यवाद दिएका थिए।

देउवाले बजेटरी सहयोगका अतिरिक्त कोभिड, भुकम्प, बाढीपहिरो लगायतका दैविप्रकोपका घटनामा पनि जापानले मनखोलेर सहयोग गर्दै आएको जानकारी पनि दिए।

सभापति देउवाले पछिल्ला वर्षहरुमा विग्रदो वातावरणीय प्रभावका कारण विश्वका विभिन्न स्थानमा समस्या देखिन सुरुगरेको र नेपालमा पनि समस्या आइरहेको भन्दै यीसमस्या न्यूनिकरणमा जापानको सहयोग आवश्यक रहेको बताए।

यस्तै सांसद मासाकीको टोलीले शुक्रबारनैउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि भेटेको थियो।उक्तभेटमा मासाकीले नेपालको छिमेकी मलुक भारतले विभिन्न परियोजनाका लागि जापानबाट सस्तो व्याजदरमा ऋण सहयोग लिएको जानकारी दिएका थिए।उनले जापानबाट यस्तो ऋण लिनकालागि पहलगर्न नेपाललाई आग्रहगरेका थिए।

त्यस अवसरमाअर्थमन्त्री पौडेलले विकास आयोजनाहरुमा स्रोत अभाव रहेको जानकारी दिंदै जापानको सस्तोदरको ऋण सहयोग लिन आफुले तत्काल पहलगर्ने बताएका थिए।

यस्तै अर्थमन्त्री पौडेलले नेपालमाविदेशी लगानीकर्ताका लागि अनुकुल वातावरण बनाउने जानकारी दिंदै जापानका लगानीकर्तालाई यहाँ ल्याउन सहयोगगर्न आग्रह गरेका थिए।

यस्तै टोलीले बिहीबार दुई पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल सँग भेटगरेको थियो।

जापानी टोली गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा संरक्षक भवन भट्टको निमन्त्रणमा नेपाल आएको हो।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १ : ४९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल