२१ असार २०८३, आइतबार | July 5, 2026

असाधारण विश्वास प्राप्त गर्दा राष्ट्रिय सहमतिको सरकार बनेको अनुभूति गरेको छु : प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई असाधारण विश्वास प्राप्त भएको बताएका छन् ।

गोरखाका कम्युनिष्ट नेता भुवनप्रसाद श्रेष्ठको जीवन दस्तावेज कम्युनिष्ट आन्दोलनका प्रेरक ‘भुवन दाइ’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले को ४४ औँ प्रधानमन्त्रीको रुपमा प्रतिनिधिसभामा आफूलाई असाधारण विश्वास प्राप्त भएको बताएका हुन् ।

प्रचण्ड यो विश्वासलाई आफुले राष्ट्रिय सहमतिको अर्थमा बुझेको जिकिर गर्दै यसलाई गौरव र चुनौती दुवैरुपमा लिएको बताए । प्रचण्डले भने, ‘विश्वासको मत लिँदा यस्तो असाधारण परिस्थिति बन्यो कि मैले संसद्मा असाधारण विश्वास पाएको छु,’ यसलाई मैले त राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको रुपमा आफूलाई अनुभूति गरेको छु ।’

प्रचण्डले ४६ वर्षपछि आफु गोरखाको जनप्रतिनिधिको रुपमा प्रधानमन्त्री बन्न पाएको बताए । भुवन श्रेष्ठको पुस्ताकमा प्रचण्डले शिक्षकको रुपमा गोरखामा बिताएको समयको संस्मरण उल्लेख गरिएको ।

प्रधानमन्त्री प्रचण्डले गोरखाको विकासमा विशेष ध्यान दिने प्रतिवद्धता जनाए । उनले भने, ‘गोरखाकै जनप्रतिनिधिको रुपमा निर्वाचित भएर देशको प्रधानमन्त्री बनेको छु । अब यहाँको बुढीगण्डकी जलविद्युत्‌देखि बेनीघाट–आरुघाट सडकको कुरा होस् या अरु विकासको कुरा होस् । यी कुराहरूमा मेरो विशेष ध्यान छ । मैले यहाँको जनप्रतिनिधि नहुँदा पनि यी विषयमा मेरो ध्यान थियो, अब त झन् हुन्छ । गोरखामा मेरो जिम्मेवारी बढेको छ र सहयोग रहन्छ।’

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ३ : ५९ बजे

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा