काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई असाधारण विश्वास प्राप्त भएको बताएका छन् ।
गोरखाका कम्युनिष्ट नेता भुवनप्रसाद श्रेष्ठको जीवन दस्तावेज कम्युनिष्ट आन्दोलनका प्रेरक ‘भुवन दाइ’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले को ४४ औँ प्रधानमन्त्रीको रुपमा प्रतिनिधिसभामा आफूलाई असाधारण विश्वास प्राप्त भएको बताएका हुन् ।
प्रचण्ड यो विश्वासलाई आफुले राष्ट्रिय सहमतिको अर्थमा बुझेको जिकिर गर्दै यसलाई गौरव र चुनौती दुवैरुपमा लिएको बताए । प्रचण्डले भने, ‘विश्वासको मत लिँदा यस्तो असाधारण परिस्थिति बन्यो कि मैले संसद्मा असाधारण विश्वास पाएको छु,’ यसलाई मैले त राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको रुपमा आफूलाई अनुभूति गरेको छु ।’
प्रचण्डले ४६ वर्षपछि आफु गोरखाको जनप्रतिनिधिको रुपमा प्रधानमन्त्री बन्न पाएको बताए । भुवन श्रेष्ठको पुस्ताकमा प्रचण्डले शिक्षकको रुपमा गोरखामा बिताएको समयको संस्मरण उल्लेख गरिएको ।
प्रधानमन्त्री प्रचण्डले गोरखाको विकासमा विशेष ध्यान दिने प्रतिवद्धता जनाए । उनले भने, ‘गोरखाकै जनप्रतिनिधिको रुपमा निर्वाचित भएर देशको प्रधानमन्त्री बनेको छु । अब यहाँको बुढीगण्डकी जलविद्युत्देखि बेनीघाट–आरुघाट सडकको कुरा होस् या अरु विकासको कुरा होस् । यी कुराहरूमा मेरो विशेष ध्यान छ । मैले यहाँको जनप्रतिनिधि नहुँदा पनि यी विषयमा मेरो ध्यान थियो, अब त झन् हुन्छ । गोरखामा मेरो जिम्मेवारी बढेको छ र सहयोग रहन्छ।’



















प्रतिक्रिया