१३ माघ २०८२, मंगलबार | January 27, 2026

माओवादीका कृष्ण धिताल गण्डकीको सभामुखमा निर्वाचित



पोखरा । नेकपा माओवादी केन्द्रका कृष्ण धिताल गण्डकी प्रदेशको सभामुखमा निर्वाचित भएका छन्।

शनिबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा धितालले ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

धिताललाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ सांसदले मतदान गरे । ५८ जना सांसद उपस्थित सभामा स्वतन्त्र सांसद दीपक मनाङेले पनि धिताललाई समर्थन गरेपछि उनको पक्षमा ३२ मत परेको थियो ।

कांग्रेसको तर्फबाट सरस्वती अर्यालले पनि उम्मेदवारी दिएकी थिइन । तर, सुरुमै धिताल निर्वाचित भएपछि अर्यालको उम्मेदवारीमाथि मत विभाजन गर्नु नै परेन ।

यसअघि शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदा ३१ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ४ : ४८ बजे

त्रिशूली किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य स्थगित, बसभित्र मानव कङ्काल फेला

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका-५ दोन्द्राङवेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको

युवराज सफल पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय एवं विभिन्न विषयमा अदालतमा रिट

कांग्रेसले चुनावी घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राख्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा

काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

काठमाडौं । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको