४ चैत्र २०८२, बुधबार | March 18, 2026

शुद्धोधनमा माघी महोत्सव : थारु पहिचानको लागि एकता आवश्यक



बुटवल । थारु कल्याणकारी सभा शुद्धोधन गाउँपालिकाको आयोजानमा वडा नम्बर ४ दर्वाहमा माघे शंक्रान्तीको अवसरमा दुई दिने मेला गरिएको छ ।

मेलाको मुल कार्यक्रमलाई संवोधन गर्दै थारु कल्णणकारी राष्ट्रिय सभा केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले थारु पहिचानको लागि एकता आवश्यक रहेको बताए ।

उनले सास्कृतिक पर्वको रुपमा रहेको माघीलाई राष्ट्रिय पर्वको स्थापना गर्नुपर्ने बताएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश सांसाद निर्मलादेवी चौधरीले थारु पहिचानको लागि आ आफ्नो स्थानबाट लाग्नुपर्ने बताईन ।

गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले थारु समुदायको महान पर्वलाई विगत लामो समय देखि गाउँपालिकाले सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा पनि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जानाए ।

निर्वतनमा प्रदेश सभा सदस्य पुष्पा चौधरीले विगत लामो समय देखि थारु पहिचानको आन्दोलन जारी रहेको भन्दै यसलाई सबैले निरन्तरता दिनुपर्ने बताईन ।

वडा अध्यक्ष चन्द्रभान चौधरी, भगवती चौधरी, जिल्ला सभापती सतिष चौधरी, सचिव सरिता चौधर लगायतले मन्तव्य राखेका थिए ।
दुई दिन सम्म चलेको माघी महोत्सवमा विभिन्न सास्कृतीक कार्यक्र सहित खेलकुद कायृक्रम समेत अयोजना गरिएको थारु कल्णकारी सभा शुद्धोधन गाउँपालिका अध्यक्ष पल्टन चौधरीले जानकारी दिए ।

महत्सवमा थारु परिकार सहित विभिन्न सास्कृतिक कार्यक्रम, भेषभुषा समेत प्रर्दशन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गायक तथा गायिकाहरुको बेजोड प्रस्तुती समेत रहेको थियो ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : ४१ बजे

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको