१३ माघ २०८२, मंगलबार | January 27, 2026

कर्णाली प्रदेशसभामा सभामुखको निर्वाचन आज



काठमाडौं । कर्णाली प्रदेशसभामा सभामुखका लागि आज निर्वाचन हुँदै छ । बिहान ११ बजेका लागि निर्वाचनको समय तोकिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन् ।

सभामुखका लागि दुईजनाको उमेदवारी परेको छ । सत्तारूढ दलका साझा उमेदवार नेकपा (एमाले)का प्रदेशसभा सदस्य नन्दा गुरुङको उमेदवारी परेको छ ।

नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले सभामुखमा उमेदवारी दर्ता गराएका छन् ।

एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलको प्रस्ताव तथा नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री राजकुमार शर्माको समर्थनमा गुरुङको उमेदवारी दर्ता भएको हो ।

कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय पूर्णबहादुर खत्रीको प्रस्ताव र विजया बुढाको समर्थनमा पोखरेलले आफ्नो उमेदवारी दर्ता गराएका छन् ।

पोखरेल सुर्खेत क्षेत्र नम्बर–१ ‘क’बाट प्रत्यक्ष र गुरुङ समानुपातिकबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : ३७ बजे

युवराज सफल पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय एवं विभिन्न विषयमा अदालतमा रिट

कांग्रेसले चुनावी घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राख्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा

काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

काठमाडौं । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको

आट्विनको टोलीद्वारा महिला हिंसा र मानव बेचबिखनका एजेण्डा घोषणापत्रमा समेट्न आग्रह

काठमाडौं । महिला हिंसा र मानव बेचबिखनविरुद्धका एजेण्डालाई आगामी निर्वाचन

बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेकपामा विलय

काठमाडौं । बद्रीप्रसाद न्यौपाने नेतृत्वको चुरे भावर पार्टी नेपाली कम्युनिस्ट