२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

सुदुरपश्चिममा सभामुख चयनको सकस, आज पनि प्रदेशसभा बैठक बस्दै



धनगढी । सभामुख चयन गर्न आज पनि सुदुरपश्चिम प्रदेशसभाको बैठक बस्दैछ ।

गत शुक्रबार दोस्रोपटक सभामुख चयन गर्न नसकेको प्रदेशसभाले आज जसरी पनि सभामुख चयन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । अंकगणितका आधारमा निर्णायक पोजिसनमा रहेको नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा शुक्रबार सभामुख चयन अनिर्णित बनेको थियो ।

प्रदेशसभा बैठक बसेको १५ दिनभित्र सभामुख चयन भैसक्नुपर्छ । आज सुदुरपश्चिम प्रदेशसभा बसेको १५ दिन पुग्दैछ ।

प्रदेशसभाको बैठक बस्नुअघि अहिले बिहान सर्वदलीय बैठक बसेको छ ।

रकार निर्माणको क्रममा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले शुक्रबार भने आफ्ना माग पुरा नभएसम्म तटस्थ बस्ने जनाएको थियो । मन्त्री नियुक्त गर्दा आफुहरुसँग कुनै छलफल नगरेको, रेशम चौधरीलाई रिहा नगरेको आरोप सो पार्टीले लगाएको छ । नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा सांसद रहेका छन् ।

सदुरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद रहेका छन् । यस्तै, एकीकृत समाजवादीका ४ जना, राप्रपा १ र स्वतन्त्र १ सासंद छन्।

सभामुख चयन गर्न कम्तिमा २७ मत चाहिन्छ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ४५ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज