२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

लुम्बिनीको सभामुखमा माओवादीका तुलाराम निर्विरोध, उपसभामुखमा ३ जना उम्मेदवार



बुटवल । लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका नेता तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको मात्र उम्मेदवारी परेका कारण उनी सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

लुम्बिनी प्रदेशको सभामुखमा कांग्रेसले उम्मेदवारी दिएको छैन । उपसभामुखमा भने तीन जनाको मनोनयन दर्ता भएको छ । सुरुमा सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएकोमा अवेर गरि नेपाली कांग्रेस र नागरिक उन्मुक्तिले उपसभामुखमा पदमा मात्रै मनोनयन दर्ता गरेका छन् ।

नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ । उपसभामुखमा सत्ता गठबन्धनबाट राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ । यस्तै, उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ ।

सभामुखमा कांग्रेसका पाठकको प्रतावकमा प्रदेश सभा सदस्य बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन् भने उन्मुक्तिको उपसभामुख उम्मेदवारीमा प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन् ।

सभामुखमा एकल उम्मेदवारी परेपनि प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरि परिणाम घोषणा गर्न भने बाँकी छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : ०६ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज