५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनीको सभामुखमा माओवादीका तुलाराम निर्विरोध, उपसभामुखमा ३ जना उम्मेदवार



बुटवल । लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका नेता तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको मात्र उम्मेदवारी परेका कारण उनी सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

लुम्बिनी प्रदेशको सभामुखमा कांग्रेसले उम्मेदवारी दिएको छैन । उपसभामुखमा भने तीन जनाको मनोनयन दर्ता भएको छ । सुरुमा सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएकोमा अवेर गरि नेपाली कांग्रेस र नागरिक उन्मुक्तिले उपसभामुखमा पदमा मात्रै मनोनयन दर्ता गरेका छन् ।

नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ । उपसभामुखमा सत्ता गठबन्धनबाट राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ । यस्तै, उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ ।

सभामुखमा कांग्रेसका पाठकको प्रतावकमा प्रदेश सभा सदस्य बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन् भने उन्मुक्तिको उपसभामुख उम्मेदवारीमा प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन् ।

सभामुखमा एकल उम्मेदवारी परेपनि प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरि परिणाम घोषणा गर्न भने बाँकी छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : ०६ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा