४ पुस २०८२, शुक्रबार | December 20, 2025

नवनियुक्त मन्त्रीहरूले लिए सपथ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मंगलबार उनले नियुक्त गरेका मन्त्रीहरूले सपथ समेत लिएका छन् । उनीहरूले मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले बताए ।

प्रचण्ड गत पुस १० गते नै प्रधानमन्त्री नियुक्त भएका थिए । ११ गते सपथ लिएका उनले त्यसैदिन थप सात मन्त्रीलाई नियुक्त गरेका थिए । तर, चार जना मन्त्रीको भने मन्त्रालय तोकिएको थिएन । सत्ता साझेदार दलहरूबीच सोमबार राति भएको भागबण्डाको सहमति अनुसार मंगलबार मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

मंगलबारको विस्तारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका मन्त्रीहरू समेटिएका छन् । उनीहरूले सपथ लिएका हुन् । उनीहरूले मंगलबार नै पदभार ग्रहण गर्ने बताइएको छ ।

राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पाएका छन् । मन्त्रिपरिषद्‌मा उनी चौंथा उपप्रधानमन्त्री हुन् । यसअघि विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने उपप्रधानमन्त्री भइसकेका छन् ।

नवनियुक्त मन्त्रीहरूमा एमालेबाट विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी, हरि उप्रेती छन् । माओवादी केन्द्रबाट रेखा शर्मा, सुदन किराती र अमनलाल मोदी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, शिखिर खनाल छन् । त्यस्तै, राप्रपाबाट राजेन्द्र लिङ्देन, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे छन् । केही राज्यमन्त्रीहरू पनि नियुक्त भएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको