७ आश्विन २०८३, बुधबार | September 23, 2026

नवनियुक्त मन्त्रीहरूले लिए सपथ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मंगलबार उनले नियुक्त गरेका मन्त्रीहरूले सपथ समेत लिएका छन् । उनीहरूले मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले बताए ।

प्रचण्ड गत पुस १० गते नै प्रधानमन्त्री नियुक्त भएका थिए । ११ गते सपथ लिएका उनले त्यसैदिन थप सात मन्त्रीलाई नियुक्त गरेका थिए । तर, चार जना मन्त्रीको भने मन्त्रालय तोकिएको थिएन । सत्ता साझेदार दलहरूबीच सोमबार राति भएको भागबण्डाको सहमति अनुसार मंगलबार मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

मंगलबारको विस्तारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका मन्त्रीहरू समेटिएका छन् । उनीहरूले सपथ लिएका हुन् । उनीहरूले मंगलबार नै पदभार ग्रहण गर्ने बताइएको छ ।

राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पाएका छन् । मन्त्रिपरिषद्‌मा उनी चौंथा उपप्रधानमन्त्री हुन् । यसअघि विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने उपप्रधानमन्त्री भइसकेका छन् ।

नवनियुक्त मन्त्रीहरूमा एमालेबाट विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी, हरि उप्रेती छन् । माओवादी केन्द्रबाट रेखा शर्मा, सुदन किराती र अमनलाल मोदी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, शिखिर खनाल छन् । त्यस्तै, राप्रपाबाट राजेन्द्र लिङ्देन, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे छन् । केही राज्यमन्त्रीहरू पनि नियुक्त भएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : २७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज