७ आश्विन २०८३, बुधबार | September 23, 2026

सेयर बजारमा ३२.७२ अंकले वृद्धि, तीन अर्बभन्दा बढीको कारोबार



काठमाडौं । मंगलबार सेयर बजारमा वृद्धि भएको छ । नेप्से परिसूचकमा आज ३२.७२ अंकले उकालो लाग्दा २१८२.११ विन्दुमा आएर रोकिएको छ । साथैै, मंगलबार २५० कम्पनीको कारोबार भएको छ । आज एक करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै,आज अपी पावर कम्पनीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै, दोश्रोमा माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको ११ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

ग्रिन भेन्चर्स, आदर्श लघुवित्त वित्तिय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनीको १० प्रतिशतले मूल्य वृद्धि भएको हो । साथै बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यस्तै, कुल १६९ कम्पनीमा उकलो लागेको छ भने ३० कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ । आज १३ उपसुचकहरु मध्ये बैंकिङ बाहेका सबै उपसुचकहरूमा हरियाली छाएको छ ।
 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ३ : ५८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज