७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

तरकारी खेतीले उकास्यो जीवनस्तर


४ माघ २०७९, बुधबार  

247
Shares

चौतारा । धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका-५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी अरबमा बसेका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गरेका हुन् ।

छ महिना खान नपुग्ने उनको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक पाँच लाख आम्दानी लिन थालेको छ । यसका साथै तामाङले ३० जनालाई रोजगारीसमेत दिएका छन् । साउदी अरबको अनुभव सुनाउँदै उनले भने, ‘बालुवामा पाँच फिट माटो राखेर तरकारी लगाउँदा हुँदोरहेछ ।’

त्यहाँको तरकारी बजारमा काम गर्दाको अनुभवलाई यहाँ प्रयोग गर्दा राम्रो मुनाफा हात पार्न सफल भएको तामाङले बताए । सिलढुङ्गा तरकारी संकलन तथा आलु बीउभण्डारका अध्यक्षसमेत रहेका उनी भन्छन्, ‘सिँचाइका लागि सम्भावना भए पनि सम्बन्धित निकायमा माग गर्दा सुनुवाइ भएन ।’

तामाङ तरकारीमा रासायनिक मलको सट्टा जैविक विषादी बनाएर प्रयोग गर्छन् । रासायनिक मल प्रयोग गरेको तरकारीले दीर्घकालीन रोग बढाउने बुझेपछि उनले त्यसको बदलामा जैविक विषादी प्रयोग गर्न थालेका छन् । झारबाटै विषादी बनाएर तरकारीमा छर्कने गरेका छन् । रासायनिक विषादी रोगको कारण भन्ने थाहा भएपछि यसको प्रयोग गर्न छाडेको तामाङले बताए ।

गत वर्षदेखि उनले रासायनिक मल प्रयोग पूर्णरुपमा छाडेर जैविक विषादी प्रयोग गरेर तरकारी फलाइरहेका छन् । गाउँघरमै पाइने तीतेपाती, उरेलुलगायत झारपातबाट सजिलो तरिकाबाट तामाङ विषादी बनाइरहेका छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : ३५ बजे

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक

कर्णालीको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने बालेन साहको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले कर्णाली

रास्वपाको चुनावी वाचापत्र कर्णालीको सुर्खेतबाट सार्वजनिक (पूर्णपाठ)

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र कार्यान्वयनयोग्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले सार्वजनिक गरेको

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले