१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

लमजुङको सुन्तला बगैंचामा ‘ग्रिनिङ’ को प्रकोप



लमजुङ । लमजुङमा सुन्तला बगैँचामा ‘ग्रिनिङ’ रोगको प्रकोप देखिएको छ । बाली संरक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोग र कृषि ज्ञान केन्द्र लमजुङको समन्वयमा जिल्लाका विभिन्न १६ वटा सुन्तला बगैँचाका सुन्तलाको पात नमुना सङ्कलन गरी काठमाण्डौको प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाइएकोमा १३ वटा बगैँचाको रिपोर्ट नेगेटिभ आएको र तीन वटा बगैँचाको सुन्तलामा ग्रिनिङु रोगको समस्या पुष्टि भएको ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताए ।

उनका अनुसार बेसीसहर नगरपालिका १ उदीपुर, बेसीसहर नगरपालिका ११ चिती, मर्स्याङ्दी गाउँपालिका ९ लामागाउँ र सुन्दरबजार नगरपालिका १ कुन्छामा रहेको सुन्तला बगैँचाका नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।

परीक्षणका क्रममा बेसीसहर नगरपालिका ११ चितीका तीन वटा सुन्तला बगैँचामा ‘ग्रिनिङ’ रोगको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र लमजुङका बाली संरक्षण अधिकृत विजयराज पौडेलले बताए ।

सुन्तलामा ‘ग्रिनिङ’ समस्या देखिएमा उत्पादन घट्ने, फलको स्वाद अमिलो हुने, पात साँघुरो हुने, छिर्केमिर्के हुने, एउटै दानामा एक भाग हरियो र अर्को भाग पहेँलो देखिने, बोटहरू सुक्दै जाने उनको भनाई छ । यस समस्याले वरिपरि रहेका बगैँचामा पनि असर गर्न सक्ने भएकाले ‘ग्रिनिङ’ को समस्या देखिएका सुन्तलाका बोटहरू पूर्णरूपमा नष्ट गरी नयाँ सुन्तलाका बिरुवा लगाउन उनको सुझाव छ ।

अन्य किसानले पनि सुन्तला उत्पादन वृद्धिका लागि व्यवस्थापकीय पक्षमा विशेष ध्यान दिन कृषि ज्ञान केन्द्रले आग्रह गरेको छ । लमजुङमा सुन्तला उत्पादन बर्सेनि घट्दै गएको छ । विगतमा ठूलो मात्रामा सुन्तला अन्यत्र निर्यात गर्ने लमजुङमा अहिले सिजनमै सुन्तला अन्य जिल्लाबाट आयात हुँदै आएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : २८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले