५ पुस २०८२, शनिबार | December 20, 2025

सभामुखबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा जारी



काठमाडौं । सभामुखको निर्वाचन तयारीको विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बसेको हो ।

बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने बताइएको छ । संसदमा आज सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची छ । सभामुखको उम्मेदवार कसलाई उठाउने भन्नेबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बसेको हो।

कांग्रेसले सभामुखको उम्मेदवार बनाइसकेको छैन । पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्नेबारेमा छलफल हुनेछ । कांग्रेसमा विमलेन्द्र निधि र अर्जुननरसिंह केसी सभामुखको उम्मेदवारका आकांक्षी छन् । यदि कांग्रेसले उम्मेदवारी नदिएमा एकीकृत समाजवादीले उठाउने उम्मेदवारलाई समर्थन गर्ने बुझिएको छ । एकीकृत समाजवादीमा राजेन्द्र पाण्डे र भानुभक्त जोशी सभामुखका आकांक्षी छन् ।

कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा मात्र ध्यानदृष्टि दिएको छ । मंगलबार बसेको सर्वदलीय बैठकमा पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने स्पष्ट पारिसकेको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ११ : २६ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले