२१ असार २०८३, आइतबार | July 5, 2026

सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बिहान बसेको पार्टी पदाधिकारी बैठकलेसभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । राष्ट्रपति या सभामुख पदमा सत्तारुढ दलबाट सहयोगको अपेक्षा गरेको कांग्रेसले त्यसअनुसारको सहयोग नपाउने देखेपछि उम्मेदवारी दिने अवस्थामा पुगेको हो । तर कांग्रेसले अहिलेसम्म उम्मेदवार भने टुंगो लागेको छैन । यद्यपी, महिलालाई सभामखको उम्मेदवबार बनाउने विषयमा छलफल भएको छ ।

उम्मेदवारी दिनुअघि विपक्षी दलहरुसँग छलफल गर्ने पनि कांग्रेसले निर्णय गरेको छ । सभामुख र उपसभामुख भिन्न दलको र लिंग एवं समुदायको हुनुपर्ने भएका कारण कांग्रेसले विपक्षी दलहरुसँग छलफल गर्न खोजेको हो ।

यस्तै, कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि धारणा कुर्ने निर्णय गरेको छ । उम्मेदवारी दर्ता दिनुअघि प्रधानमन्त्रीको धारणा कुर्ने र त्यसबेलासम्म अन्य दलसँग छलफल गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूले हिजो सर्वदलीय बैठक राख्नुभएको थियो । बैठकपछि उहाँहरुले केही निर्णय लिनुभएको होला । हामी प्रधानमन्त्रीको धारणा कुरिरहेका छौं । त्यसबेलासम्म अन्य दलसँग पनि सहयोगका लागि छलफल गर्छौं । एक दुई घन्टा समय बाँकी छ । कसलाई उम्मेदवार बनाउने भन्ने पार्टीभित्र मोटामोटी सहमति भएको छ,’ महतले सञ्चारकर्मीसँग भने ।

बुधबार बिहान कांग्रेस सभापति देउवालाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव धुम्बाराही पुगेका थिए । देउवा, नेपाल र यादवबीच सभामुख, उपसभामुख, राष्ट्रपतिको निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल भएको प्रवक्ता महतले जानकारी दिए ।

सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मको कार्यतालिका रहेको छ । सभामुखको निर्वाचन भोलिका लागि तोकिएको छ ।

सत्तारुढ दलको तर्फबाट नेकपा एमालेले स्थायी कमिटी सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : २२ बजे

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल