६ पुस २०८२, आइतबार | December 21, 2025

सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बिहान बसेको पार्टी पदाधिकारी बैठकलेसभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । राष्ट्रपति या सभामुख पदमा सत्तारुढ दलबाट सहयोगको अपेक्षा गरेको कांग्रेसले त्यसअनुसारको सहयोग नपाउने देखेपछि उम्मेदवारी दिने अवस्थामा पुगेको हो । तर कांग्रेसले अहिलेसम्म उम्मेदवार भने टुंगो लागेको छैन । यद्यपी, महिलालाई सभामखको उम्मेदवबार बनाउने विषयमा छलफल भएको छ ।

उम्मेदवारी दिनुअघि विपक्षी दलहरुसँग छलफल गर्ने पनि कांग्रेसले निर्णय गरेको छ । सभामुख र उपसभामुख भिन्न दलको र लिंग एवं समुदायको हुनुपर्ने भएका कारण कांग्रेसले विपक्षी दलहरुसँग छलफल गर्न खोजेको हो ।

यस्तै, कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि धारणा कुर्ने निर्णय गरेको छ । उम्मेदवारी दर्ता दिनुअघि प्रधानमन्त्रीको धारणा कुर्ने र त्यसबेलासम्म अन्य दलसँग छलफल गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूले हिजो सर्वदलीय बैठक राख्नुभएको थियो । बैठकपछि उहाँहरुले केही निर्णय लिनुभएको होला । हामी प्रधानमन्त्रीको धारणा कुरिरहेका छौं । त्यसबेलासम्म अन्य दलसँग पनि सहयोगका लागि छलफल गर्छौं । एक दुई घन्टा समय बाँकी छ । कसलाई उम्मेदवार बनाउने भन्ने पार्टीभित्र मोटामोटी सहमति भएको छ,’ महतले सञ्चारकर्मीसँग भने ।

बुधबार बिहान कांग्रेस सभापति देउवालाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव धुम्बाराही पुगेका थिए । देउवा, नेपाल र यादवबीच सभामुख, उपसभामुख, राष्ट्रपतिको निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल भएको प्रवक्ता महतले जानकारी दिए ।

सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मको कार्यतालिका रहेको छ । सभामुखको निर्वाचन भोलिका लागि तोकिएको छ ।

सत्तारुढ दलको तर्फबाट नेकपा एमालेले स्थायी कमिटी सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : २२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा