१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

लायन्स क्लब अफ बुटवल साईनको प्रथम बार्षिक उत्सव सम्पन्न



बुटवल । लायन्स क्लव अफ बुटवल साईनको प्रथम बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष ईशु देवकोटाको अध्यक्षता, लायन्स ईन्टरनेशनल ३२५ पि का डाईरेक्टर गर्भनर नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बौल्दै प्रमुख अतिथि न्यौपानेले सानो सानो खुसी सामाजिक कार्यबाट प्राप्ती हुने भएकाले सेवा संगै सहयोगी कार्यमा अघि बढ्न सवैलाई आग्रह गरे । उनले मानिसको जिम्मेवारी समाजप्रति, राष्टप्रति समेत हुने भएकाले समाजको रुपान्तरणका लागि पनि सेवक बनेर अघि बढ्नुपर्ने सुझाव दिए ।

उनले आफुहरुले गरेको सानो सहयोगले अरुमा खुसी मिल्नुका साथै अन्यलाई सहयोगको भावना जागृत गर्ने काम भएकाले सहयोगको भावना लिएर अघि बढ्न सवैलाई आग्रह गरे ।

लायन्स ३२५ पि का प्रथम भिडिजी अर्जुमान सैंजुले क्लवले पहिलो बर्षमा गरेका सामाजिक कार्यको प्रसंस्सा गर्दै अझै बढि रचनात्मक कार्य गर्न सुझाव दिए । कार्यक्रममा लायन्स ३२५ पि का सेकेण्ड भिजी एमजिएफ पुरुषोत्तम भक्त प्रधान, लायन्स ज्ञानप्रसाद पौडेल, जमुना पाण्डे, गाईड लाइनर मोहनीलाल रिजा, सल्लाहकार दिपक पन्थी लगाएतले बोलेका थिए ।

कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष ईशु देवकोटाले क्वलले पहिलो बर्षमा धेरै सामाजिक कार्यहरु गरेको भन्दै अबका दिनमा पनि अझै बढि सामाजिक कार्य गर्ने बताईन । शिक्षा, स्वास्थ्य, सहयोग प्रदान जस्ता कार्यक्रम अहिले पनि क्लवको प्राथमिकतामा परेको बताईन । क्लव स्थापनाको बर्षमा धेरै संघर्ष गर्नुपरेको स्मरण गराउंदै उनले अहिले क्लवबाट धेरै सदस्यहरुको आत्मबल बढाउने मोटिभेसनल कार्यक्रम पनि गर्दै आएको बताईन ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ३ : ०४ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे