२० बैशाख २०८१, बिहिबार | May 3, 2024

नेपालगञ्ज भन्सारको राजस्व असुलीे घट्दै



नेपालगन्ज । एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुली यस वर्षको पुस मसान्तसम्म कायमै छ ।

आर्थिक वर्ष २०७८/७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगञ्ज भन्सार कार्यालयले त्यसपछि आफ्नो निर्धारित लक्ष्य भेटाउन सकेको छैन । भन्सार राजस्व असुलीमा गत वर्ष साउनमा १३१ दशमलव ४८ प्रतिशत लक्ष्य रहेकामा भन्सारले चालु आर्थिक वर्षको साउनमा लक्ष्यको ७५ दशमलव ७१ प्रतिशत मात्रै असुली गर्न सफल भएको छ । सो कार्यालयको भन्सार राजस्व असुली चालु आर्थिक वर्षमा लक्ष्यभन्दा कम देखिएको छ ।

चालु आव २०७९÷८० को साउनमा रु एक अर्ब ७८ करोड पाँच लाख लक्ष्य पाएको भन्सारले जम्मा रु एक अर्ब ३५ करोड चार लाख र भदौमा रु दुई अर्ब २३ करोड ३६ लाख लक्ष्य पाएकामा रु एक अर्ब ४३ करोड ४९ लाख राजस्व असुली गरेको भन्सार अधिृत तथा सूचना अधिकारी डिल्लीप्रसाद शर्माले जानकारी दिए । यो लक्ष्यको ६४ दशमलव २५ प्रतिशत हो ।

चालु आवको असोजमा भन्सार असुली घटेर लक्ष्यको ५५ प्रतिशतभन्दा कममा झरेको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार, असोजमा रु दुई अर्ब ३४ करोड १९ लाख राजस्व असुलीको लक्ष्य राखिएकामा रु एक अर्ब २८ करोड ४८ लाख (५४ दशमलव ८७ प्रतिशत) मात्रै राजस्व असुली भएको छ ।

मङ्सिरमा नेपालगञ्ज भन्सारले लक्ष्यको ५५ दशमलव २१ प्रतिशत मात्रै लक्ष्य हासिल गरेको छ । भन्सारले रु दुई अर्ब ४९ करोड ५० लाख लक्ष्य पाएकामा रु एक अर्ब ३७ करोड ७४ लाख राजस्व सङ्कलन गरेको शर्माले बताए। पुसमा रु दुई अर्ब ६७ करोड छ लाख लक्ष्य निर्धारण गरिएकामा रु एक अर्ब ५० करोड ८० लाख राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको ५६ दशमलव ३० प्रतिशत हो । नेपालगञ्ज भन्सारले आव २०७८/७९ मा रु २५ करोड २१ लाख छ लाख लक्ष्य पाएकामा रु २२ अर्ब ३१ करोड २६ लाख भन्सार राजस्व असुल गरेको थियो । यो लक्ष्यको ८८ दशमलव ५१ प्रतिशत हो ।

चालु आव २०७९/८० का लागि अघिल्लो आव २०७८/७९ मा भन्दा रु चार अर्ब बढी लक्ष्य नेपालगञ्ज भन्सारले पाएको छ । अघिल्लो आवमा रु २५ अर्ब राजस्व असुलीमा असफल नेपालगञ्ज भन्सारलाई थप रु चार अर्ब बढी थपेर चालु आवका लागि लक्ष्य निर्धारण गरिएको हो । भन्सारले चालु आव २०७९/८० मा रु २९ अर्ब ३२ करोड ९५ लाख लक्ष्य निर्धारण गरेको हो । आव २०७८/७९ मा भन्सारले रु २५ करोड २१ लाख छ लाख लक्ष्य पाएको थियो । सरकारको आयात र निर्यात नीतिले यसलाई प्रभावित गरेको हुनसक्ने भन्सार अधिृत शर्माको भनाइ छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १० : ५७ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक