७ पुस २०८२, सोमबार | December 22, 2025

केपी ओलीलाई विश्वप्रकाशको जवाफ – ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना छैन



काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा सभामुख चयन प्रक्रियाअघि बढिरहेको छ । सभामुख पदमा सत्तारुढ दलबाट देवराज घिमिरे र सत्तारुढइतरबाट ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।

न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै आफूहरुले माछालाई जालमा पार्ने योजना नरहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयलाई लिएर दिएको अध्यक्ष ओलीको अभिव्यक्तिको बिहीबार प्रतिनिधिसभा बैठकमा प्रतिवाद गर्दै शर्माले भने ‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना हाम्रो छैन ।’

ओलीले प्रधानमन्त्रीलाई पिँजडामा हाल्न खोजेको आरोप शर्माले लगाए । उनले माछा र ढोक्साको कथा हालेर प्रधानमन्त्रीलाई कसिलो पिँजडामा राख्न खोजेको आरोप लगाए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १२ : ५४ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको