१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिवेशन भोलीदेखी बुटवलमा हुँदै



बुटवल । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिवेशन भोलीदेखी बुटवलमा सुरु हुने भएको छ । संघले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै माघ ७ र ८ गते हुने महाधिवेशनको तयारी पुरा भएको जनाएको हो ।

बुटवल बहुमुखी क्याम्पसमा हुने महाधिवेशनमा देशभरका ६०१ जना प्रतिनिधि सहभागी हुने नेपाल मगर विद्यार्थी संघका अध्यक्ष बिष्णु कुमार थापा मगरले जानकारी दिए ।

उनले अहिले मगर विद्यार्थीहरु शैक्षिक सुचाङमा निकै पछाडी परेको बताउंदै विद्यार्थीको शैक्षिक गतिविधिलाई अझ अगाडि बढाउन विद्यार्थी संघले महत्वपुर्ण भुमिका निभाउनुपर्ने बताए ।

महाधिवेशनले नँया नेतृत्व समेत चयन गर्नेछ । महाधिवेशनमा केन्द्रीय समिति ५७ जना, प्रदेश समिति ४९, जिल्ला समितिबाट २०१ जना, विश्वविद्यालय समितिबाट २१ जना, आंगिक क्याम्पस समितिबाट ६४ जना, अतिथिहरु ९०, सल्लाहकार र संयोजक गरी ११९ महाधिवेशनमा सहभागी हुने अध्यक्ष मगरले बताए ।

महोत्सवमा कुल २१ लाख ४८ हजार भन्दा बढि रकम खर्च हुने आयोजकको जानाकारी दिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ४ : ४३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग