३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रथम बटौली ५ हजार मिटर अन्तर मावि दौड प्रतियोगितामा छात्र र छात्रा दुवैमा कालिकाका खेलाडी विजयी



बुटवल । नेपाल खेलकुद महासंघ बुटवल उप महानगर कमिटीको आयोजनामा भएको प्रथम बटौली, ५००० मिटर अन्तर माबि स्तरिय दौड प्रतियोगिता २०७९ को छात्र र छात्रा तर्फ दुवैमा कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् ।

छात्र तर्फ कालिका मानवज्ञान विद्यालयका कक्षा ११ मा अध्यानरत लेख बहादुर झेडी प्रथम भए भने छात्रा तर्फ पनि कक्षा ११ मा अध्यानरत रक्षा थापा श्रीस प्रथम भईन ।

त्यसैगरी छात्र तर्फ गार्गी एकेडेमीका समिर रुचाल द्धितीय र नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयका दिपक वि.क. तृतिय भए । छात्रा तर्फ भने नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयकी ललिता पाण्डे द्धितीय र दिप बोडिङ स्कुलकी पुष्पा बुढामगर तृतिय भईन ।

बुटवलको योगिकुटीबाट सुरु भएको दौड प्रतियोगिता मिलनचोक हुँदै पुन सोही स्थानमा आएर पुरा भएको थियो ।

विजयी विद्यार्थीहरुलाई नेपाल खेलकुद महासंघ बुटवल उपमहानगर कमिटीका अध्यक्ष त्रिभुवन पाण्डे, कार्यक्रम संयोजक प्रवेश आचार्य र नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य एवम बुटवल उपमहानगर ईन्चार्ज गोपाल रानाले नगद सहित सम्मान गरे ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाले यस्ता खेल प्रतियोगिताले खेलाडिमा भएको क्षमता निखारिनुका साथै खेलाडिहरुको आत्मबल वृद्धी हुने बताए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ४ : ५२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका