२१ असार २०८३, आइतबार | July 6, 2026

अब राष्ट्रपति उपराष्ट्रपतिको विषयमा छलफल हुन्छ : जनार्दन शर्मा



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अब राष्ट्रपति उपराष्ट्रपतिको विषयमा छलफल सुरु हुने बताएका छन् ।

उपसभामुख निर्वाचन पछि संसदभवनबाट बाहिरिने क्रममा शर्माले संचारकर्मीहरुसँग कुरा गर्दै अब बल्ल राष्ट्रपतिको एजेण्डामा छलफल सुरु हुने बताए ।

शर्माले राष्ट्रपतिको उम्मेदवार पनि यही गठबन्धनबाटै तय हुने बताएका । सभामुख र उपसभामुखको निर्वाचन बल्ल आज सकियो । अब केहिदिन भित्रै राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा दलहरुबीच छलफल सुरु हुन्छ उनले भने, ‘अब राष्ट्रपतिको एजेन्डामा छलफल हुन्छ । सहमति असहमति, उम्मेदवारको छनौट आदि विषयमा छलफल हुन्छ । गठबन्धनको तर्फबाटै उम्मेदवार बन्ने त स्पष्टै छ ।’

शर्माले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गोप्य हुने भएका कारण पार्टीको ह्वीप नलाग्ने भएपनि दलगत अनुशासनका कारण पार्टीले निर्णय गरेअनुसार नै हुने स्पष्ट पारे ।

शर्माले अब गठबन्धन फुटाउने जोड्ने समय सकिइसकेको बताउँदै अब जनताका समस्या समाधानमा लाग्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ५ : ४७ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ