७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

दादुरा महामारी क्षेत्रको स्थलगत निरीक्षण गर्न नेपालगन्ज पुगे स्वास्थ्यमन्त्री गिरी



नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको दादुरा प्रकोप क्षेत्रको निरीक्षण गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका र त्यस आसपास फैलिएको दादुरा महामारी क्षेत्रमा पुगेर स्वास्थ्यमन्त्री गिरी सहितको टोलीले निरीक्षण तथा अवलोकन गरेको हो ।

महामारी फैलिएको क्षेत्रको अवलोकन तथा निरिक्षणका लागि मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण श्रेष्ठ, मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेल सहितको टोली बाँकेको नेपालगन्ज उपमहानगरपालिका र त्यस आसपास फैलिएको दादुरा महामारी क्षेत्रमा पुगेका थिए ।

उनीहरु विभिन्न स्वास्थ्य सस्थामा पुगेर दादुरा विरुद्धको जारी खोप अभियानको पनि अवलोकन गरेका छन् । साउन १२ गतेदेखि फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न हाल महामारीलक्षित खोप कार्यक्रम तीव्र पारिएको छ । बाँकेबाट फैलिएको दादुरा हाल सुर्खेतमा समेत पुगेको छ ।

समुदायस्तरमा दादुरा फैलिएपछि बाँकेमा पुस २२ गतेदेखि दादुरा–रूबेलाविरूद्धको खोप अभियान सुरु गरिएको छ । हाल नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत १, ४, ५, ७, ८, ११, १४, र १५ का ७ वटा वडाका १५ वटा खोप केन्द्र बनाइ ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई तीव्र रूपमा खोप लगाइएको छ भने खजुरा, कोहलपुर र त्यस आसपासमा पनि खोप अभियानलाई तिब्र बनाइएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ७ : ५१ बजे

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी