२६ जेष्ठ २०८०, शुक्रबार | June 9, 2023

अर्घाखाँचीका युवा क्रिकेटर थापा मगर यु १९ विश्वकप छनौटमा



अर्घाखाँची । आगामी फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु–१९ पुरूष विश्वकप एसिया छनोटका लागि अर्घाखाँची जिल्लाका युवा क्रिकेटर उत्तम थापा मगर पनि खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार उत्तम थापा मगर सहित १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा चार जना वैकल्पिक खेलाडी राखिएको छ ।

एसिया डिभिजन एक छनोटमा नेपालले युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ ।

टिममा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जीका उत्तम थापा मगर सहित देव खनाल, गुलशन झा, दुर्गेश गुप्ता, अर्जुन कुमाल, हेमन्त धामी, दिपक बोहरा, आकाश त्रिपाठी, दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन्।

वैकल्पिक खेलाडीहरूमाा प्रज्वल थापा, तुलबहादुर थापा, राजेश यादव र निर्मल थापा छन्।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ९ : ०५ बजे

टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी

पोखरा । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला

अझै केही दिन देशभर तापक्रम बढ्ने, यस वर्ष बर्षा पनि कम हुने

काठमाडौं । देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष केपी ओली

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट

बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले