काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
आफ्नै निवास धुम्बाराहीमा अहिले बिहान बोलाइएको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
यसअघि हिजोमात्र शेखर कोइराला पक्षले भेला गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको निस्कर्ष निकालेको थियो । सो भेलाले गठबन्धनलाई निरन्तरता दिन नसकेकोमा सभापति देउवाको आलोचना गरेको थियो ।
कांग्रेसमा अहिले १३ जना पदाधिकारी छन् । कोषाध्यक्ष मनोनीत हुन बाँकी छ । यस्तै बैठकमा चैतमा हुन लागेको स्ववियू चुनावलाई मध्यनजर गर्दै नेविसंघको संगठनलाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएकोछ ।



















प्रतिक्रिया