१७ माघ २०८२, शनिबार | January 31, 2026

स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकवीच एससीटी युपीआई डेबिट कार्डका लागि सम्झौता



काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंके माछापुच्छ्रे बैंकवीच एससीटी युपीआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु र माछापुच्छे« बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधब सुवेदीले हस्ताक्षर गरेका छन् ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको माछापुच्छ्रे« बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौता पश्चात माछापुच्छ्रे बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआई (क्ऋत् ग्एक्ष्) सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ४ : २८ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक