१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

आइएमई जनरल इन्स्योेरेन्सले सम्पन्न गर्योे २५औँ बार्षिक साधारण सभा



काठमाडौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ बार्षिक साधारण सभा गरेको छ ।

साधारणसभामा इन्स्योेरेन्सका अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए ।

सभालाई अध्यक्ष ढकालले समीक्षा बर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराए ।

अध्यक्ष ढकालले २४औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा बर्षमा कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराए ।

त्यसै गरी कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व. मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने बताए ।

देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको वावजुत पनि कम्पनीले गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको जानकारी गराउँदै कम्पनीले २५औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेकोमा सबै शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरे ।

बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पु¥याउने हेतुले हामीले ७ वटै प्रदेशबाट ग्राहकहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेका छौँ । बीमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुँच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आईरहेको उनको भनाई थियो ।

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ५ : ४१ बजे

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध

बाँकेको खजुरामा शंकास्पद वस्तु फेला, सेना घटनास्थलमा

खजुरा । बाँकेको खजुरामा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार

टी-२० विश्वकपमा भारतको लगातार दोस्रो जित, नामिबिया ९३ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित