४ श्रावण २०८३, सोमबार | July 20, 2026

एडभान्स बुकिङमा बाहुबली २ अगाडि



मुम्बई। अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ । यो फिल्म रिलिज अघि नै भारतमा करिब ३ लाख टिकट एडभान्स बुकिङ भइसकेको छ । शाहरुखले अभिनय गरेका फिल्ममध्ये यो फिल्मको सर्वाधिक एडभान्स टिकट बुकिङ भएको हो । तर यसअघिका फिल्मको बुकिङ तथ्यांकलाई हेर्ने हो भने ‘बाहुबली’ पहिलो नम्बरमा छ ।

बाहुबली २

प्रभास अभिनित फिल्म ‘बाहुबली २’ एडभान्स बुकिङमा पहिलो नम्बरमा छ । यो फिल्मको एडभान्स बुकिङमा ६ दशमलब ५० लाख टिकट बिक्री भएको थियो ।

केजीएफ २

साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफ(२’ सूचीमा दोस्रो नम्बरमा छ । यो फिल्मको रिलिजअघि करिब ५ दशमलब ११ लाख टिकट बिक्री भएको थियो ।

वार

ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ले रिलिजअघि नै एडभान्स बुकिङमा आफूलाई अब्बल साबित गरेको थियो । फिल्मको रिलिजअघि करिब ४ दशमलब ५ लाख टिकट बिक्री भएको थियो ।

प्रेम रतन धन पायो

सलमान खान र सोनम कपूरको फिल्म ‘प्रेम रतन धन पायो’ को एडभान्स बुकिङमा ३ दशमलब ४० लाख टिकट बिक्री भएको थियो ।

ठग्स अफ हिन्दोस्तान

बक्सअफिसमा फ्लप भएको आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले एडभान्स बुकिङमा तहल्का मच्चाएको थियो । यो फिल्म रिलिजअघि नै करिब ३ दशमलब ३० लाख टिकट बिक्री भएको थियो ।

भारत

सलमान खानको फिल्म ‘भारत’को एडभान्स बुकिङमार्फत ३ दशमलब १६ लाख टिकट बिक्री भएको थियो ।

सुल्तान

सलमान खानकै अर्को फिल्म ‘सुल्तान’को रिलिज हुनुअघि ३ दशलमब १० लाख टिकट बिक्री भएको थियो ।

ब्रह्मास्त्र र दंगल

अभिनेता रणवीर कपूरको फिल्म ‘ब्रह्मास्त्र’ र आमिर खानको फिल्म ‘दंगल’को रिलिजअघि ३ दशमलब ५ लाख टिकट बिक्री भएको थियो ।

सञ्जू

अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’को रिलिजअघि नै २ दशमलब ९४ लाख टिकट बिक्री भएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ६ : ०८ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री