१२ माघ २०८२, सोमबार | January 27, 2026

पाउँदै नपाएको उपाधि देखाएर स्वघोषित प्रोफेसर बने पछि …….



काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले आफ्नो योग्यतामा पाउँदै नपाएको ओहोदाको प्रमाणपत्र पाएको भनी पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. गिरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कुनै पनि आधिकारिक निकायबाट प्रमाणित नभएको प्रोफेसरको ओहोदा पाएको भनी प्रचार गराएको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

यस्तै डा ज्ञानेन्द्रमान सिंह कार्कीले डा ज्ञानेन्द्रलाई प्रोफेसर पदको अनुमोदनका लागि काठमाडौँ विश्वविद्यालयले सिफारिश गर्नसम्म सक्नेमा नियुक्ति दिएका आधारमा नपाएको ओहोदाको प्रमाणपत्र प्रयोग गरेको र त्यसमा मतियारको भूमिका निर्वाह गरेको पाइएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ । आयोगले दुवैलाई कानूनअनुसार कारबाहीको माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : ५२ बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको