४ भदौ २०८३, बिहिबार | August 20, 2026

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको हो ।

आजको प्रतिनिधि सभा बैठकमा दुईवटा सम्भावित कार्यसूची तय गरिएको छ । संसद् सचिवालयका अनुसार बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।

घिमिरे गत बिहीबार नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई हराउँदै सभामुखमा निर्वाचित भएका थिए । उनी १६७ मतका साथ सभामुखमा निर्वाचित भएका थिए । घिमिरेको विपक्षमा १ सय खसेको थियो ।

प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एकजना सांसद भने तटस्थ रहे । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका थिए ।

त्यस्तै, शनिबार भएको निर्वाचनमा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भइन् । उनी १६६ मतका साथ उपसभामुखमा चयन भएकी थिइन् ।

नेपाली कांग्रेस उपसभामुख उम्मेदवार मुक्ताकुमारी यादवले ९७ मत मात्र प्राप्त गरिन् । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहेका थिए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ९ : ११ बजे

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।