१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

अवतार निर्देशक क्यामरुनको अनौठो ह्याट्रिक



लसएन्जल्स । हलिउड निर्देशक जेम्स क्यामरुन र उनको फिल्म ‘अवतार २’का लागि एउटा सुखद संयोग परेको छ ।

निर्देशक क्यामरुन र उनको फिल्मले बेग्लाबेग्लै इतिहास रचेका छन् । निर्देशक क्यामरुनले आफू यसै हलिउडको महान निर्देशन बनेको होइन भन्ने कुराको प्रमाणित गरिदिएका छन् ।

१३ वर्षको कडा मिहेनत र आफ्नो दूरदर्शीताका साथ ‘अवतार द वे अफ वाटर’लाई पर्दामा प्रस्तुत गर्ने क्यामरुनले विश्वको बक्सअफिसमा दुई बिलियन डलरको कमाई गर्ने फिल्म बनाएर ह्याट्रिक गरेका छन् ।

उनले आफ्नो योग्यताको बलमा विश्वको बक्सअफिसमा दुई बिलियन लडर बढी कमाई गर्ने फिल्मका निर्देशकको अनौठो ह्याट्रिक बनाएका छन् । उनको सन् १९९७ मा रिलिज ब्लकबस्टर फिल्म ‘टाइटानिक’, सन् २००९ मा रिलिज ‘अवतार’ र गत वर्ष रिलिज ‘अवतार २’ तीनै फिल्मले विश्वव्यापी बक्सअफिसमा बम्पर कमाई गर्दै दुई बिलियन डलरको आँकडा पार गरेका छन् । कुनै पनि निर्देशकका लागि यो उपलब्धि आफैंमा ठूलो हो ।

गत १६ डिसेम्बरमा रिलिज ‘अवतारः द वे अफ वाटर’ अहिलेसम्मको सर्वाधिक कमाउने फिल्मको छैटौं स्थानमा छ । ‘अवतार’को पहिलो संस्करण जस्तै दोस्रो संस्करण पनि दुई अर्ब डलर क्लबमा समावेश भएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १२ : ५२ बजे

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला