१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

ब्रिटिस प्रोफेशनल कलेजकी रिया तेस्रो पटक विश्वकै सर्वोत्कृष्ट छात्रा



काठमाडौँ । द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत रिया मानन्धर हालै प्रकाशित परीक्षाको नतिजामा विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्रा बन्न सफल भएकी छन् ।

कलेजको एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले ‘फाइनालसियल म्यानेजमेन्ट’ विषयमा ९८ प्रतिशत अंक ल्याएर वल्र्ड टप गरेकी हुन् ।

२० वर्षिय मानन्धरले गएको वर्ष मार्चमा भएको एसीसीए अन्तर्गतको पर्फमेन्स म्यानेजमेन्ट परीक्षामा ९१ प्रतिशत प्राप्त गरी विश्वकै सर्वोत्कृष्ट बनेकी थिइन् । त्यस्तै सन्२०२१ को मा ट्याक्सेसन पेपरमा ९८ प्रतिशत ल्याउँदै उनले विश्व टप गरेकी थिइन् ।

यस वर्ष पनि उनले ‘फाइनालसियल म्यानेजमेन्ट’ विषयमा ९८ प्रतिशत ल्याउँदै वल्र्ड टप गर्न सफल भएकी हुन् । एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो ।

यसका विश्वका १७९ देशमा ५ लाख ३५ हजार विद्यार्थी र २ लाख ३३ हजार सदस्यहरु रहेका छन् । विश्वभरका हजारौं विद्यार्थीहरुको लागि बनाइएको प्रश्नपत्रहरूमा सबैभन्दा उत्तम नतिजा रियाले प्राप्त गरेकी हुन् । ‘मुख्यतया विश्वस्तरीय सुविधा र कलेजका शिक्षकहरूको प्रतिष्ठाको कारणले गर्दा म एसीसीए पढ्नको लागि बीपीसीमा भर्ना भएँ ।’ आफ्नो उपलब्धिबारे रियाले भनिन्,

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : १७ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना