४ पुस २०८२, शुक्रबार | December 19, 2025

भूकम्पका कारण खसेको ढुंगा लागेर बाजुरामा एक जनाको मृत्यु



धनगढी । मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिका केन्द्र विन्दु बनाएर गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाजुराको गौमुल गाउपालिका–२ की जमुना रोकायाको मृत्यु भएको हो । भूकम्पको समयमा माथिबाट खसेको ढुंगा लागि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

उनका अनुसार गौमुल गाउँपालिका–१ मा भेडा चराउन गएका ३५ वर्षीय राजदल बोहरा पनि ढुंगा लागेर घाइते भएका छन् । उनका ३० भेडा, बाख्रा मरेको सूचना आएको प्रहरी प्रमुख थापाले बताए ।

उनका अनुसार हालसम्म बाजुरामा भूकम्पका कारण ३० घरमा क्षति भएको विवरण प्राप्त भएको छ । जसमा केही घरमा पूर्णरुपमा क्षति पुगेको र केही घरमा आंसिक क्षति पुगेको विवरण आए पनि पूर्ण विवरण नआइसकेको उनले बताए ।

बाजुरामा भएको भूकम्पको क्षतिको विवरण संकलनका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर ऐरीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र पहरी सहितको टोली परिचालन गरिएको छ । भूकम्पका कारण बझाङ र बाजुराका एक सय बढी घरमा क्षति भएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ६ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको