२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

बाजुरा भूकम्प अपडेट : विद्यालय, स्वास्थ्यचौकी र दुई घरमा क्षति



बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो गएको ५ दशमलव २ म्याग्नेच्युटको भूकम्पबाट विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुगेको छ ।

भूकम्पबाट हिमाली गाउँपालिका १, ३ र ५ मा रहेका दुई वटा स्वास्थ्यचौकी र एक विद्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले जानकारी दिए । भूकम्पले उक्त गाउँपालिकामा रहेका बिच्छ्या स्वास्थ्यचौकी र रुगीन स्वास्थ्य चौकी भवनमा पनि क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक कवीन्द्रसिहं बोहराले जानकारी दिए ।

त्यसैगरी सोही गाउँपालिका-१ मा रहेको बाल विकास भवन पूर्णरुपमा भत्किएको छ । हालसम्म प्राप्त जानकारीअनुसार आठ वटा घरमा क्षति भएको र क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए ।

भूकम्पबाट सोही गाउँपालिका-४ बस्ने पूर्णप्रसाद पाण्डे र हरिचन्द्र पाण्डेको दुई तले घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बिच्छ्या केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट अझै क्षतिको विवरण सङ्कलनका लागि प्रहरी टोली पठाइएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : ५८ बजे

महसुल उठाउने नाममा उद्योगीलाई दबाब नदिन औद्योगिक क्षेत्र उद्योग महासङ्घको आग्रह

काठमाडौँ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार

फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा प्राविधिक समस्या, एक्कासि चल्न छोडेपछि प्रयोगकर्ता प्रभावित

काठमाडौं । सामाजिक सञ्जालका लोकप्रिय प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा

सार्वजनिक सुरक्षाका लागि लुम्बिनी प्रहरीको नयाँ पहल, तीन दिने विशेष कार्यक्रम घोषणा

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक सुरक्षा, सामाजिक उत्तरदायित्व

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा